मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै आलेले भने : ‘२६३ दिन बितेको पत्तै भएन’

मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै आलेले भने : ‘२६३ दिन बितेको पत्तै भएन’


संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन्। पदबाट राजीनामा घोषणापछि मन्त्रालयमा आइतवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा आलेले यस्तो दाबी गरेका हुन्। 

कसैले आफ्नो कामबाट कति प्रतिशत ल्याउँछस भनेर सोधेमा ९० प्रतिशत ल्याएको ठानेको उनले बताए। ‘कसैले तपाईंको कामबाट कति ल्याउँछसभनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन्।’

आफू गठबन्धन सरकारको निर्देशनको आधारमा क्रियाशील भइरहेको पनि उनले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मनत्रालयका २६३ दिन बितेको पत्तै नपाएको उनले सुनाए। आलेले आफूलाई कामको अवसर दिएकोमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन्। 

मन्त्री आलेले सगरमाथा आधार शिविरमा पुगेकालाई समेत आफ्नो प्रगति विवरणमा राखेका छन्। आफू मन्त्री हुँदा ९८६ जना हिमाल आरोहण गरेको उल्लेख गरेका छन्।आलेले अन्य वर्षको तुलनामा यो वर्षको महाशिवरात्रि पर्व सभ्य र भव्य भएको दाबी गरेका छन्। 

 

Logo