किरा र रोगको प्रकोपका कारण मह उत्पादनमा कमी

किरा र रोगको प्रकोपका कारण मह उत्पादनमा कमी


आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यस वर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकामा पछिल्ला वर्षहरुमा भने महको उत्पादन घट्दै जान थालेको हो । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरु भने चिन्तित बनेका छन् ।

Skip This
Logo