बैतडीसहित बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द

बैतडीसहित बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द


बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा बन्द भएको छ । 

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी विद्युतीय राहदानी सेवा बन्द भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न  विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जानकारी दिए ।  

बैतडीसहित बझाङ र दार्चुलामा पनि विद्युतीय राहदानी सेवा बन्द भएको उनले बताए । यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकोले सेवा अवरुद्ध भएको हो। अवरुद्ध विद्युतीय राहदानी सेवा सहज हुन अझै दुई तीन दिन लाग्ने भन्ने खबर आएको उनले बताए । 

बैतडीमा पहिलोपटक  गत जेठ  १२ गतेदेखि  विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको थियो।  हालसम्म करिब ४०० जनाले यो सेवा लिएका छन् । एमआरपी राहदानी विस्थापन गरेर विद्युतीय राहदानी शुरू गरिएको थियो।  यहाँ गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।

Logo