अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किए

अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किए


जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निरौलाले भने । 

स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले नै मरासिनीलाई बिहान बोलाएर आफूले अर्थको जिम्मेवारी लिएको जानकारी गराउँदै काममा फर्किन निर्देशन दिनुभयो, साथै संसदीय छानविन समितिलाई सघाउन भन्नुभयो, त्यसपछि मरासिनी काममा फर्किनुभएको छ’ बालुवाटार स्रोतले भन्यो । अर्का राजस्व सचिव कृष्णहरि पुस्कर भने विदेश भ्रमणमा छन् ।

Skip This
Logo