बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


बाँकेको राप्ती सोनारी गाँउपालिका-७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका-५ बिनौनाका अन्दाजी ५० बर्षीय बुचु थारु रहेका छन् । अन्दाजी २३ बर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागी नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।

Logo