सेयर बजारमा दोहोरो अंकको वृद्धि, २ अर्ब २९ करोडको कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, २ अर्ब २९ करोडको कारोबार


कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार १८ दशमलव शून्य ३ अंकले बढेको बजार आज पनि १६ दशमलव २७ अंकले बढेर २ हजार ४५ विन्दुमा पुगेको हो ।  

आज २१३ वटा धितोपत्रको ५७ लाख १३ हजार कित्ता सेयर २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जानकारी दिएको छ । 
आज १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी फाइनान्स समूहको २ दशमलव ७७ प्रतिशतले बढेको हो । 

त्यस्तै, इनर्जीङ नेपाल लिमिटेडको सेयमूल्य ८ दशमलव शून्य १ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा आज पनि सबैभन्दा बढी शिबम् सिमेन्टको १५ करोड ९५ लाख भन्दा बढीको सेयर कारोबार भयो । 

Logo