नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा नारायणकाजी श्रेष्ठको आपत्ति

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा नारायणकाजी श्रेष्ठको आपत्ति


नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाएका छन् । अन्तरवस्तु र पद्धति दुवै हिसावले गलत ढंगले विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गरेका हुन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे । दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाई थियो ।

उनले भने, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा  मैले त यो पारित गर्नु अघि नै राखेको छु , राष्ट्रिय सभामा बोलेको छु त । पारित गर्नु अघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे । राष्ट्रियसभामा पनि बोले । त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त । यस सम्बन्धमा विचारको समस्या होईन । बैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो । तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौति बढेको हो । र, खतरा पैदा भएको हो ।’ 

Logo