वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन


वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा  बुधबार निधन भएको हो । 

अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइ रहेको थियो ।

उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको । कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए ।  लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत बिभिन्न चर्चित गीतमा गाएका थिए  ।

Logo