झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु


झापाको कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका ६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
डीएसपी पाठकका अनुसार कार्कीलाई नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्‍यु हो ।

प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका १० बस्ने  ४६ वर्षीय चन्द्र बहादुर बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Logo