जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम

जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम


जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम  खोटाङ र ओखलढुंगाका पत्रकारलाई जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक दुई दिने तालिम दिइएको छ ।

जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)ले दुई जिल्लाका पत्रकारलाई सहभागी गराएर जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिम आयोजना गरेको हो । हलेसी तुवाचुङ नगरपालिकास्थित होलेसुङ रिसोर्टमा सोमबार र मंगलबार आयोजित तालिममा खोटाङका १९ र ओखलढुंगाका १० पत्रकारको सहभागीता थियो । 

    खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन गरिरहेको आयोजनाले पत्रकारलाई सहभागी गराएर तालिमको आयोजना गरेको हो । तालिममा सहभागी पत्रकारलाई जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना बारे जानकारी दिनुका साथै विकास पत्रकारिता, पत्रकारितामा जलवायु परिवर्तन र जलाधारको विषयवस्तु, फिचर लेखन लगायतका बारेमा जानकारी दिइएको छ ।

तालिमको अन्तिम दिन आयोजना सञ्चालन भइरहेको मंगलटार र दुर्छिममा पत्रकारलाई फिल्ड भिजिटमा लगिएको छ । चार समुहमा फिल्ड भिजिटमा गएका पत्रकारले समुहगतरुपमा फिचर समाचार तयार पारेर प्रस्तुत गरेका थिए । 

    दूधकोशीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन भइरहेको छ । आयोजनाले दुई जिल्लाका ८ स्थानीय तहका ५१ वडाका करिब ८४४ वर्गकिलोमिटर ओगटेको आयोजनाका अनुगमन, मूल्यांकन, रिपोर्टिङ तथा सञ्चार अधिकृत सञ्जय परियारले बताए । 

    आगामी १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरु गरिएको थियो । जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तीको सुरक्षा गर्दै उनीहरुको जीविकोपार्जनमा टेवा पु¥याउने लक्ष्यका साथ नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र बिश्व वातावरण कोषको संयुक्त सहकार्यमा जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको हो । वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६०३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ । 

    खोटाङको पश्चिमी ढाल (दुधकोसी, रावाखोला, तापखोला) तथा ओखलढुंगाको पुर्वी ढाल (दुधकोसी, ठोट्ने खोला) भित्रको क्षेत्रलाई दुधकोसी जलाधार क्षेत्र मानिन्छ । आयोजनाका लागि विश्व वातावरण कोष (एलडिसिएप), यूएनडिपी र नेपाल सरकारको संयुक्त लगानी छ । 

Logo