वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड


देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ’प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । यस कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तराष्ट्रिय स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।

यस कम्पनीले  वर्तमान समयमा ६ लाख ४५ हजार भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजार भन्दा बढी संघ सस्था, बैकं एवं वित्तिय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १२ हजार भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराएको छ ।

Logo