थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल


आजको पात्रो : २५ साउन २०७९, बुधबार । अगष्ट १० । श्रावणशुक्लपक्ष त्रयोदशी तिथि, तैतिल करण, पूर्वषाढा नक्षत्र, प्रीति योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३१ मा भएको छ भने सूर्यास्त ६ः४८ मा हुनेछ । आजका देवता विष्णु र ग्रहदेव बुध हुन् ।

बुधबार विहान घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ । सोम खेती बुध घर भन्ने त नेपाली भनाइ रहेको छ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ रहेको छ । ऋण लिनु परेमा बुधबारको दिन उत्तम रहने छ । आज ११ः४३ देखि १२ ः३६ सम्मको समय शुभ रहेको छ । यो समयमा कुनै शुभ कार्य गर्दा फल प्राप्त हुनेछ ।

आजको दिन ऋण चुक्ता गर्दा पनि शुभ रहनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन मानसम्मान मिल्नेछ । सामाजिक सेवा गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अनुकुल रहेको छ । यात्राका लागि अवसर आउनसक्छ । यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै देवीदेवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन अनुकुल हुनसक्छ । बिहान सूर्योदयको दर्शन गरेर दिनको शुभारम्भ गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आज मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले एक प्रकारको डर उत्पन्न भइरहन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज अर्थ प्राप्ति हुनेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् भने हानी हुनसक्ने संभावना पनि रहन्छ । मनमा निराशा छाउनसक्छ । आजको दिन नियमित काम बाहेन नयाँ कार्य नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन उत्तम छ । जे काम गर्नुहुन्छ, सफलता प्राप्त हुनेछ । व्यापार व्यवसाय, लेखन विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । कुम्भ राशिका जातकका लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । कसैसँग विवाद हुने काम नगर्नुहोला ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
व्यापार व्यवसायमा काम गर्नुहुने मीन राशिका जातकका लागि दिन उत्तम रहेको छ । धन लाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र  गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र सहकर्मीहरुको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ ।

Logo