झापाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

झापाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ


झापाको विभिनन स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित एक जना भारतीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भएका ४२ वर्षीय निखिल विश्वास रहेका छन् । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–२ चारपाने डेरा गरी बस्ने ३६ वर्षीय बद्री राजबंशीलाई करिब ३ ग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

दमक नगरपालिका–९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम ब्राउनसुगर र नगद १० हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गौरादह  नगरपालिका–१ बस्ने ३३ वर्षीय भिम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

Logo