आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीको फाइदा

आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीको फाइदा


आज जनै पूर्णिमा, यस दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ ।

क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषिलो खानेकुरा हो । टुसा उम्रेको डेगागुडीमा भिटामिन ुसीु र रेसा हुन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन र पाचन प्रणाली राम्रो गराउन सहयोग पुग्छ ।

पोषणविद्का अनुसार क्वाँटीले मधुमेहका बिरामीको शरीरमा चिनीको मात्रा कम गर्छ र मुटुको रोग लाग्नबाट पनि बचाउँछ । यसले कब्जियत हटाउन, उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रण, शारीरिक र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने गर्छ । 

क्वाँटी खाँदा स्मरणशक्ति र सौन्दर्यता पनि बढ्ने जानकारहरु बताउँछन् । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने रयसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने पोषणविदको भनाई छ । 

Logo