स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवार बन्न नपाउने

स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवार बन्न नपाउने


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउनेहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने तयारी गरेको छ ।

आयोगले सम्पादकहरूसँग आइतबार गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउनेहरूलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने बताए । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ ।

आयोगका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका एक लाख २० हजार जनाले खर्च विवरण पेश गरेका छैनन् । यस्तै आयोगले  निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलाई समानुपातिकतर्फ मताधिकारको अधिकार प्रदान गर्ने भएको छ । आयोगले यस्तै वृद्धाश्रममा रहेकालाई पनि अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारको अधिकार प्रदान गर्ने भएको हो । 

Logo