‘वनको कोकले’ लिएर आए खुमन र रमिला (भिडियोसहित)

‘वनको कोकले’ लिएर आए खुमन र रमिला (भिडियोसहित)


लोक दोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ गीत वनको कोकले सार्वजनिक भएको छ । बाबुराम बोहराको शब्द रहेको गीतमा उनकै संगित छ भने संगित संयोजन कमल सौरागले गरेका छन् । 

गीतको म्युजिक भिडियोमा नायिका रञ्जिता गुरुङ  र डिमोन क्षेत्रीको दमदार अभिनय छ । यसमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने दुर्गा पौडेलले क्यामेरामा साथ दिएका छन् । नविन घर्तिले भिडियो सम्पादन गरेका छन् । 

गीत माया प्रेममा आधारित छ तर प्राकृतिक सौन्दर्यसँग पनि तुलना गरिएकाले फरक बनेको छ । यस अघि दर्जनौं गीतहरु सार्वजनिक गरिसकेका खुमन र रमिलाको पछिल्लो यस गीतले पनि दर्शक र श्रोताको मन जित्ने विश्वास गरिएको छ । 

Logo