अमेरिकाको न्यूयोर्कमा मात्रै चीनमा भन्दा दोब्बर बढीको मृत्यु (भिडियोसहित)

अमेरिकाको न्यूयोर्कमा मात्रै चीनमा भन्दा दोब्बर बढीको मृत्यु (भिडियोसहित)


अमेरिका ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकाको न्युयोर्क राज्यमा मात्रै चीनमा भन्दा दोब्बर बढीको मृत्यु भइसकेको छ । न्युयोर्कमा अहिलेसम्म ७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका अनुसार बिहीबार मात्र सात सय ९९ जनाको मृत्यु भएको थियो ।

कोरोना भाइरसको उद्गम केन्द्र चीनमा अहिलेसम्म ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको तथ्यांक छ ।

अमेरिकाले कोरोना भाइरसलाई हेलचेक्राइ गरेकाले महामारीको रुप लिएको विश्लेषण हुँदै आएको छ । बिहीबार मात्रै न्युयोर्कमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै न्युयोर्कमा समग्र संक्रमितको संख्या एक लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो अमेरिकाको एउटा राज्यको मात्रै कुरा हो ।

अमेरिकामा अहिले सम्म करिव ४ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय नाघिसकेको छ । जसमा कोरोना सङत्रमित मध्ये २५ हजार ९८८ जना निको भएका छन् ।

Logo