आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं ।

हाल देशमा पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। देशका मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार
देशको पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भूभागका केही स्थानहरूमा र मध्य र पश्चिमी भूभागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको मध्य भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एक, दुई स्थानहरुमा मेघ गर्जन् र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
बिहिबार
देशको पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती भने देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार
देशका पहाडी भेगमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती भने देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य र पूर्वी भूभागमा आंशिक बदली रहनेछ।

देशका मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo