भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा, ‘टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट अनुसन्धान हुँदै

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा, ‘टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट अनुसन्धान हुँदै


बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।

जस अनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र शंकास्पद व्यक्तिको कपडासमेत परीक्षणका लागि पठाइएको जानकारी दिए ।

‘शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र सस्पेक्टेड व्यक्तिका कपडासमेत परीक्षणका लागि पठाइएको छ । टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट प्रहरीले अनुसन्धान जारी राखेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सिंहले भने ।

प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको र अनुसन्धानको दायरामा राखेको समेत उनले जानकारी दिए । तर उनीहरूलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिन यता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमान्डमा सुरुदेखि नै प्रहरी टोली परिचालित छ । यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ ।राजधानीबाट

Logo