काठमाडौं -७ मा मानुषी भट्टराईले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं -७ मा मानुषी भट्टराईले गरिन् उम्मेदवारी दर्ता


नेपाल समाजवादी पार्टी (नेसपा)की नेतृ मानुषी यमी भट्टराईले काठमाडौं -७ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । 

आइतबार दिउँसो र्‍यालीसहित बालाजुस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न लागेकी उनी  सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङले पनि मनोनयन दर्ता गरेका छन् । 

यस क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पनि उम्मेदवारी दिँदैछन् ।

Logo