सरकारमा जाने पार्टीका नेतालाई घोषणापत्रले घच्घच्याउँछुः महामन्त्री शर्मा

सरकारमा जाने पार्टीका नेतालाई घोषणापत्रले घच्घच्याउँछुः महामन्त्री शर्मा


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन् । 

बुधवार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताएका हुन् । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । 

महामन्त्री शर्माले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । 

‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरु गर्न बाँकी नै छन् । मलाई यिनै साथीभाईहरुले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो । मेरो काँधमा कति वटा कामहरु गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरुले मलाई पर्खिरहेको बेला छ ।’ उनले भने, ‘अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो । अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ । सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ । त्यसकारण मन्त्री बन्नेकुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन ।’

Logo