राजनीतिभन्दा माथि उठेर काठमाडौँमा खानेपानी सेवा प्रवाह गर्न मन्त्री खाँनकाे निर्देशन

राजनीतिभन्दा माथि उठेर काठमाडौँमा खानेपानी सेवा प्रवाह गर्न मन्त्री खाँनकाे निर्देशन


खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री खाँनले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्व हुने बताएका हुन् । काठमाडौँ उपत्यकाका सबै स्थानमा समानुपातिक रुपमा खानेपानी वितरण गर्न पनि उनले सरोकार भएका निकायका अधिकारीलाई निर्देशन दिए । 

मन्त्री खाँनले नेपालले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु-याउने लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने बताए ।  

उनले मन्त्रालयलगायत खानेपानीसँग सरोकार भएका निकायले गल्ती गरे त्यसलाई सार्वजनिक गरेर सञ्चारमाध्यमले सहयोग गर्न पनि आग्रह गरे । खानेपानीको मिटरमा समस्या भएको भन्ने ग्राहकको गुनासो बढेकाले त्यसको छिटो समाधान गर्न पनि उनले लिमिटेडका अधिकारीहरुलाई निर्देशन दिए ।

Logo