सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाउने होइनः अध्यक्ष ओली

सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाउने होइनः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी  काठमाडौं महानगरपालिकाको नभएको टिप्पणी गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित मजदुर विदसको कार्यक्रममा अध्यक्ष ओलीले सिंहरदरबारभित्रको फोहोर उठाउने ठेक्का शहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मा महानगरको नभइ त्यही ठेकेदार कम्पनीको रहने बताएका हुन् । 

उनले भने, ‘शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ, महानगरले उठाउन्नं भन्यो । त्यसले उठाउने नै होइन भन्न सरकार सक्दैन? जसले उठाउने नै होइन,उसले त्यहाँको फोहोर उठाउँदिनं किन भन्छ ? जसले उठाइरहेकै छैन उसले किन उठाउँदिनँ भन्छ, सरकार किन भन्दैन उसले उठाउने होइन भनेर?’

अध्यक्ष ओलीले महानगरलाई मात्र दोष दिएर फोहोर थुपार्दै रोग फैलाउन नपाइने बताए । फोहोरको नाममा अनेक प्रकारका षड्यन्त्र भएको पनि उनको जिकिर छ । 

यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहको निर्देशनपछि झण्डै २ हप्तासम्म सिंहदरबारको फोहोर उठ्न छोडेको थियो । पछि सर्वोच्च अदालतको आदेशपछि सो फोहोर उठेको थियो । 

Logo