भारतले नेपालको भू-भाग मिचेको भन्दै राष्ट्रिय जनआन्दोलन मोर्चाले जनायो विरोध

भारतले नेपालको भू-भाग मिचेको भन्दै राष्ट्रिय जनआन्दोलन मोर्चाले जनायो विरोध


संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले भारतले नेपालको भू-भागलाई भारतीय नक्सामा समेटेको भन्दै विरोध जनाएको छ। 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोर्चाले नेपालको भूखण्ड लुम्बिनी र कपिलवस्तु समेत समेटेर अखण्ड भारतवर्षको नक्सा समेटेको भन्दै आक्रोश व्यक्त गरेको छ । 

उक्त, पत्रकार सम्मेलनमा अध्यक्ष तारानाथ लुइटेलले प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)को भारत भ्रमण केवल भ्रमणका लागि भ्रमण जस्तो भएको आरोप लगाए।  उनले भने ‘नवनिर्मित संसद भवनको उद्घाटन कार्यक्रममा सहभागी नभएको भारतका कुनै पनि विपक्षी दलका नेता समेतसंग शिष्टाचार भेट हुने कार्यक्रम समेत नभएको यस्तो परिस्थितिमा प्रधानमन्त्रीको भारत भ्रमण केवल भ्रमणका लागि भ्रमण जस्तो मात्र देखिएको छ।’
 
नेपालको राष्ट्रिय स्वाभिमान सम्प्रभुतामाथि अतिक्रमण निरन्तर रहेको बेला आम नेपाली सजग हुनुपर्ने पनि मोर्चाको भना रहेकाे  छ । 

Logo