प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको आग्रहः ‘एक माघले जाडो जाँदैन, राजीनामा दिनुस्’

प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको आग्रहः ‘एक माघले जाडो जाँदैन, राजीनामा दिनुस्’


नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त पार्न सुझाएका छन् ।  

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले राजनीतिमा एक माघले जाडो नजाने बताउँदै राजीनामा दिन सुझाव दिएका हुन् । 

‘राजनीतिमा एक माघले जाडो जाँदैन। एकले अर्कालाई वाच गरिरहेको हुन्छ। उहाँले राजीनामा दिनुपर्छ। उहाँले एक्सक्युज गर्नुपर्छ। उहाँले हामीलाई र जनतालाई आश्वास्त पार्ने काम हुन्छ कि हुँदैन। हाम्रो ध्यान त्यहाँ रहन्छ।’उनले भने, ‘प्रधानमन्त्रीले संसदलाई स्पष्ट पार्नुपर्छ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिनूस। नत्र पद छोडिदिनुस्। सत्ता स्वार्थका निम्ति देशको सार्वभौम सत्ता साट्न सकिँदैन ।’ 

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने सांसद बास्कोटाको भनाई थियो । आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको पनि उनले बताए । 

गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ । 

Logo