प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै


प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक आज बस्दै छन्। संसद सचिवालय सिंहदरबारमा कृषि,सहकारी तथा प्राकृति स्रोत समिति,पूर्वाधार विकास समिति र शिक्षा,स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठक बस्दैछ। 

कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान ११ः३० बजे समितिको सभाहलमा बस्ने छ। बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ।

त्यस्तै,पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक पूर्वाधार समितिको सभा हलमा बस्ने छ। आजै दिउँसो १ बजे बस्ने शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ।  

Logo