छ किलो सुनसहित भारतीय पक्राउ

छ किलो सुनसहित भारतीय पक्राउ


मकवानपुर ।

त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पाट्सभित्र जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा पक्राउ गरिएको हो ।

बरामद गरिएको सुनको मूल्य करिब चार करोड २७ लाख, ५८ हजार ७७४ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।रासस

Logo