पूर्व सभासदहरुले अझै लिएनन् संविधानसभा पदक (भिडियोसहित)

पूर्व सभासदहरुले अझै लिएनन् संविधानसभा पदक (भिडियोसहित)


काठमाडौं ।

सरकारले संविधान निर्माणमा योगदान पु¥याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सरकारले गत जेठ १६ गते राष्ट्रपति कार्यालयमा पदक वितरण ग¥यो ।

संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुबै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदहरु हुन् । जसमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव लगायतका छन् ।
तर २४६ जना पूर्वसभासदहरुले भने अझैसम्म पनि पदक लिन गएका छैनन् । पदक वितरण गरेको ९ महिना पुगिसक्दा पनि पदक लिन नआएपछि गृहमन्त्रालयले सूचना नै जारी गरेर पदक लिन आउन आग्रह गरेको छ ।

यसरी पदक नलिने सभासदहरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम समेत रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo