भाषा आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

भाषा आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश


काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार आयोजित एक समारोहमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले राष्ट्रपति भण्डारीलाई आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढा लगायत उच्च सरकारी पदाधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रपति भण्डारी समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।

चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।

Logo