आइफोन ११ मा छैन ५ जी, यस्ता छन् अरु विशेषताहरु

आइफोन ११ मा छैन ५ जी, यस्ता छन् अरु विशेषताहरु


एप्पलले आइफोन ११ का विभिन्न सिरिजहरु सार्वजनिक गरेको छ । एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सीइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन् । कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।
आइफोन ११ को सुरुवाती मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ । यस्तै, आइफोन ११ प्रो को मूल्य ९९९ डलर छ भने आइफोन ११ प्रो म्याक्सको मूल्य १०९९ डलर पर्छ ।
आइफोन ११ प्रो र प्रो म्याक्सका विषेशताहरु 
– आइफोन ११ प्रोको ५.८ इन्च डिस्प्ले  र प्रो म्याक्सको ६.५ इन्च डिस्प्ले ।
– सुपर रेटिना डिस्प्ले ।
– ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमता ।
– फोर एक्स अप्टिकल जुम रहेको ३ वटा रियर क्यामेरा ।
– गत वर्षको मोडलभन्दा प्रोमा ४ घन्टा र प्रो म्याक्समा ५ घन्टा बढी ब्याट्री टिक्न सक्ने क्षमता ।
– फेस आइडी लक अझै छिटो खुल्ने ।
– वाइफाइ ६ सर्पोट गर्दछ । तर ५ जी भने छैन् ।
– अगाडि र पछाडि दुवै तर्फबाट ४ के भिडियो खिच्न सकिने। अगाडिको क्यामेराबाट पनि स्लो मोसन भिडियो खिच्न सकिने ।
– नयाँ पोट्रेट लाइटिङ इफेक्ट ।
– आइओएस १३ ।
– छिटो चार्ज हुने ।
– ४ वटा कलरमा उपलब्ध : मिड् नाइट ग्रीन, स्पेस ग्रे, सिल्भर र गोल्ड ।
– आइफोन ११ प्रो सुरुवाती मूल्य ९९९ डलर ।
– आइफोन ११ प्रो म्याक्स सुरु मूल्य १०९९ डलर ।
आइफोन ११ का विशेषताहरु :
– ६ वटा कलर : कालो, सेतो, पँहेलो, पर्पल, हरियो र रातो
– ए १३ बायोनिक चिप ।
– ६४ जीबी, २५६ जीबी र ५१२ जीबी  स्टोरेज क्षेमता ।
– आइफोन एक्स आर भन्दा  १ घन्टा बढि ब्यट्रि क्षमता
– फेस लक छिटो खुल्ने ।
– बाइफाइ ६ सर्पोट गर्छ तर ५ जी छैन ।
– १२ मेगा पिक्सेलका २ वटा क्यामेरा (पछाडि) ।
– क्यामेरामा नाइट मोड सुविधा ।
– टु एक्स अप्टिकल जुम ।
– १२ मेगापिक्सलको फ्रन्ट क्यामेरा ।
– अगाडि र पछाडिबाट ४ के भिडियो खिच्न सकिने ।  अगाडिको क्यामेराबाट पनि स्लो मोसन भिडियो खिच्न सकिने ।
– आइओएस १३ ।
– सुरुवाती मूल्य ६९९ डलर ।

Skip This
Logo