अरुणखोलाको डाईभर्सन पनि बगायो , पूर्वपश्चिम राजमार्ग अबरुद्ध

अरुणखोलाको डाईभर्सन पनि बगायो , पूर्वपश्चिम राजमार्ग अबरुद्ध


पूर्वी नवलपरासी,

तीन घण्टादेखि परेको अबिरल बर्षापछि आएको बाढीले अरुणखोलामा बनाइएको डाईभर्सन बगाएपछि आइतबार साँझ ७ बजेदेखि पूर्ब पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ ।

पूर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोला पुल भाँचिएपछि एक तर्फी खोलामा डाईभर्सन बनाई यातायात संचालनमा ल्याईए पनि आइतबार तीन घण्टादेखि परेको अबिरल बर्षापछि आएको भीषण बाढीले डाईभर्सन बगाएपछि यातायात पुर्णरुपमा अबरुद्ध भएको पुर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताउनुभयो ।

भाँचिएको पुलमा सबै सवारी साधनलाई प्रबेश रोकिएपछि डाईभर्सनको माध्यमबाट यातायात संचालनमा आए पनि अहिले बाढी आएपछि डाईभर्सन पूरै बगाएपछि यातायात पुर्णरुपमा ठप्प भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । खोला अत्यन्त ठुलो भएको र पानी निरन्तर परिरहेका कारण पनि डाईभर्सन बनाउने र यातायात संचालनमा ल्याउने कुनै सभावना नै नरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो ।

खोलामा आउने बाढी यो भेगकै ठूलो भएको र अबिरल बर्षा भएका कारण खोला अझ बढ्न सक्ने भएकाले यातायात गैंडाकोटदेखि कावासोतीसम्मका बाटोमा रोकिएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

आइतबार साँझ ७ बजेदेखि अबरुद्ध बनेको बुटवल नारायणगढ सडक खण्डमा डाईभर्सन नबने सम्म यातायात पूर्ण रुपमा ठप्प हुने र पुलको मर्मत कार्य समेत भैरहेकाले आगामी शुक्रबार सम्म यातायात पुलबाट सुचारु गराउने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । यातायात बन्द भएपछि हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
गोरखापत्रबाट

Logo