प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने


काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाने भएका छन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता त्यतै बस्नेछन्  ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझाव अनुसार उनी थप फलोअपका लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ । उनी आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम तय भएको छ ।

Logo