माइतीघरमा कार र मोटरसाइकल ठोक्कियो

माइतीघरमा कार र मोटरसाइकल ठोक्कियो


माइतीघरमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्।

शुक्रबार राती थापाथलिबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट आइरहेको बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किदा बानेश्वर बस्ने २३ वर्षका आयुष राज पाण्डेको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बस्ने सन्तोष भण्डारी घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका दुवैलाई नर्भिक अस्पताल लगिएको र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Logo