जब भीआईपीको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएर भाग्यो

जब भीआईपीको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएर भाग्यो


काठमाडौं । चैत्र १३ गते गोकर्णेश्वरका ६० वर्षीय बृद्धलाई हर्टअट्याक हुँदा एक ट्याक्सी चालकले बिच बाटोमै छोडेर भागे । गोकर्णेश्वर नगरपालिका ४ का गोपाल कारञ्जित नियमित चेकजाँचको लागि मेडिकेयर अस्पताल पुगेर घर फर्किदा बा १ ख ३८५१ नम्बरको ट्याक्सी चढेर घर फर्कंदै थिए।

ट्याक्सी चढ्ने बितिकै गोपाल सिटमै उफ्रिन थाले । बिरामीको अबस्था देखेर डराएका उनले हेल्पिङ ह्याण्ड्स अस्पताल अगाडिको खाली ठाउँमा लगेर बिरामीलाई ट्याक्सीबाट निकाले । उनले गोपाललाई जबर्जस्ती तानेर सडकमा निकालेका थिए । उनको त्यही ज्यान गएको थियो ।

यो त भयो एक ट्याक्सी चालकको कुरा । अब कुरा गरौं नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको । गत शुक्रबार साँझ पाँच बजे नयाँ बानेश्वर माईतिरघरबीचको सडकमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडिले एक स्कूटरलाई ठक्कर दियो ।

अर्को लेनमा एउटा स्कुटी गुडिरहेको थियो । पछाडिबाट लेन चेन्ज गर्दै आएको सशस्त्रको भिआइपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दियो । स्कुटी सडकमा नै पछारियो । तर प्रहरीको भ्यान ती महिलाको उद्धार नगरी सिधै भिआईपीको सुरक्षामा दौडियो ।

उक्त भिडियोमा सामाजिक सञ्जालमा अपलोड भएपछि यतिबेला आक्रोश व्यक्त भईरहेको छ । भिडियो हेरेर नै जानकारी पाएको र गल्ती भएको भन्दै कारवाहीको लागि सशस्त्र प्रहरी बललाई पत्र काटिसकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराम सापकोटाले जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीको स्पष्टिकरणः
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे आफूले शनिबारमात्रै जानकारी पाएको बताएका छन् । उनले घटनाबारे अनविज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूप्रति लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले स्कुटरमा सवार व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेको भएमा आफू भेट्न जाने समेत बताए ।

शुक्ररबार साँझ सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएर लडेपनि वेवास्ता गर्दै अगाडि बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

https://www.facebook.com/chimsay.14/videos/344237896219022/

मानवीयता मरेको एउटा दृष्टान्त: जसले बिरामीलाई बाटोमै मिल्काए (भिडियो)

Logo