विमान उडेको ६ मिनेटमै दुर्घटना, सवार सबै १५७ जनाको मृत्यु

विमान उडेको ६ मिनेटमै दुर्घटना, सवार सबै १५७ जनाको मृत्यु


एजेन्सी । इथोपियामा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको छ । आईतबार अपरान्ह अदिस अबाडाबाट केन्याको नैरोबीका लागि उडेको इटी ३०२ विमानमा एक सय ४९ यात्रु र ८ जना चालक दलका सदस्य थिए।

विमानमा विभिन्न ३३ देशका नागरिक सवार थिए । त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ । इथोपियाको राजधानीबाट उडेको विमान ६ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीले जनाएको छ । विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए ।

Logo