युएईद्वारा नेपाललाई ४२ रनको चुनौती

युएईद्वारा नेपाललाई ४२ रनको चुनौती


आइसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा युएईले नेपाललाई ४२ रनको चुनौती दिएको छ ।

बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले १७ ओभर तीन बलमा ४१ रन मात्रै बनाउन सक्यो । सुरुवातदेखि नै दबावमा रहेको  युएइका एक खेलाडीले मात्र दाेहाेराे अंक बनाइन्  ।  युएईको १२ रन हुँदा ४ विकेट झरेको थियो ।

ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किइन।  त्यसपछि शुभा मात्र तीन रनमा बाहिरीन भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा युएइले १८ रनमा ६ विकेट खेर फाल्याे ।

एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । चनामी ब्यक्तिगत १३ रनमा पेभेलियन फर्किइन । त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे । अन्तत नेपाल ४१ रनमा समेटियाे ।

नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिए भने नेरी थापाले ४ विकेट लिइन्  ।

Logo