जब विमानस्थलमै क्रिकेटरलाई पैसा बाड्न थालियो

जब विमानस्थलमै क्रिकेटरलाई पैसा बाड्न थालियो


काठमाडौं । दुई वटा महत्वपूर्ण सिरिज बिजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फर्किएको छ । यूएईमा सम्पन्न एक दिवसीय सिरिज र टि २० सिरिज बिजेता नेपाली टोली आज स्वदेश फर्किएको हो ।

टोलीको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेल समर्थक तथा शुभचिन्तकहरुको घुईचो लागेको थियो । खेलाडीहरुलाई पहिलो पटक रेड कार्पेट विछ्याईएको थियो । एकातिर खेलाडीहरुलाई सम्मान थाप्न भ्याई नभ्याई थियो ।

अर्कोतिर एक महिला खेलाडीहरुको हातमा एक खाम दिईरहेकी थिईन् । पहिलो खाम ललितराज बंशीले पाए । उक्त खाम पाएपछि जिल्ल परेका बंशीलाई पछि थाहा भयो खामभित्र त १० हजार रुपैयाँ रहेछ । ति महिला कप्तान पारस खड्कालाई खोज्दैथिईन् । त्यसपछि सबैको ध्यान ति महिलातर्फ गयो ।

खासमा त्यसरी खेलाडीलाई खामभित्र पैसा बाड्ने महिला थिईन्, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पत्नी । उनले पैसा बाँडिरहेको देखेपछि क्रिकेट टिमका म्यानेजर रमण शिवाकोटीले ‘एकमुष्ट दिनुस्’ भन्दै खामको बिटो जिम्मा लिए ।

नेपाली टोलीमा रहेका २१ जनालाई जनही १० हजारको दरले नगद पुरस्कार बाँडिएको हो । अध्यक्ष तिमिल्सिनाले आफ्नो व्यक्तिगत तर्फबाट खेलाडीहरुलाई पैसा बाँडेका हुन् ।

क्रिकेटप्रेमी समेत रहेका अध्यक्ष तिमल्सिनाले खेलाडीहरुले गरेको उच्च प्रदर्शनबाट प्रभावित भएर हौसला प्रदान गर्न पैसा बाँडेको उनको सचिवालयले जनाएको छ । नेपालको क्रिकेटबारे अत्यन्तै चासो राख्ने र त्यसैले खेलाडीलाई थोरै भए पनि प्रोत्साहन गर्ने उद्देश्यले सानो नगद पुरस्कार प्रदान गरेका हुन् ।

Logo