न्युयोर्क

६ दिन पछि रुसमा विश्वकप फुटबलको २१ औं संस्करण सुरु हुँदैछ । यद्यपि संसारभरका फुटबलप्रेमी बीच आगामी विश्वकपको उपाधि कसले जित्ला भन्ने विषयमा तर्कवितर्क निकै अघि देखि सुरु भइसकेको छ । "/>

विश्वकप विशेष : विश्वकप जित्ने सम्भावना कसको कति ? ब्राजिलको सम्भावना २१ प्रतिशत !

विश्वकप विशेष : विश्वकप जित्ने सम्भावना कसको कति ? ब्राजिलको सम्भावना २१ प्रतिशत !


न्युयोर्क

६ दिन पछि रुसमा विश्वकप फुटबलको २१ औं संस्करण सुरु हुँदैछ । यद्यपि संसारभरका फुटबलप्रेमी बीच आगामी विश्वकपको उपाधि कसले जित्ला भन्ने विषयमा तर्कवितर्क निकै अघि देखि सुरु भइसकेको छ । विश्वभरका फुटबलप्रेमी आआफ्नो रोजाइको टोलीको जर्सी लगाएर हिँड्न सुरु गरेको पनि लामै समय बितिसकेको छ । समग्रमा भन्नुपर्दा संसारभरिका खेलकुदप्रेमीलाई यतिबेला विश्वकपको ज्वरोले मज्जैले तताएको छ ।

यसै क्रममा खेलकुद र मनोरञ्जनको क्षेत्रमा सक्रिय एक चर्चित अमेरिकी संस्था ‘ग्रासनोट’ले आगामी विश्वकपमा सहभागी टोलीहरूको विभिन्न पक्षको विश्लेषणपछि आफूले गरेको एउटा अध्ययनको नतिजा सार्वजनिक गरेको छ । उक्त संस्थाको विश्लेषणलाई पत्याउने हो भने रूसमा आयोजना हुने विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्नेछ । उक्त संस्थाले गरेको विश्लेषणको नतिजा छ, विश्वकपको फाइनलमा ब्राजिल र स्पेन भिड्नेछन् । तर उपाधि भिडन्तमा ब्राजिलले स्पेनलाई हराउँदै छैटौं पटक उपाधि चुम्नेछ ।

आगामी विश्वकपमा सहभागी ३२ वटै टोलीको यसअघिको प्रदर्शन, विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरीयता, विभिन्न टोलीमा सहभागी खेलाडीको क्षमता, फुटबल विश्लेषकको धारणा जस्ता विषयलाई आधार बनाएर यस्तो निष्कर्ष निकालिएको ‘ग्रेसनोट’को दाबी छ । उक्त संस्थाले यसअघि पनि विश्वकप लगायत विभिन्न ठूला प्रतियोगिताको विश्लेषण र पूर्वानुमान गरेको थियो, जुन धेरै हदसम्म मिल्दै पनि आएको छ ।

रुस विश्वकपको विश्लेषण गर्ने संस्थाका सिमोन ग्लेभका अनुसार ब्राजिलले छैटौं पटक विश्वकप जित्ने सम्भावना २१ प्रतिशतभन्दा बढी देखिएको छ । ब्राजिलपछि स्पेन, जर्मनी र अर्जेन्टिनाको सम्भावना देखिएको छ । स्पेनको सम्भावना १० प्रतिशत देखिएको छ भने जर्मनी र अर्जेन्टिनाको सम्भावना आठ/आठ प्रतिशत देखिएको छ । ‘ब्राजिल र स्पेनको सम्भावना बलियो देखिएको छ । तर फाइनलमा ब्राजिलले स्पेनलाई हराउनेछ’, अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको कुराकानीमा ग्लेभनले भनेका छन् ।
अन्नपूर्णबाट

Logo