काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असार देखि चीनको पाँचदिने राजकीय भ्रमण गर्ने भएका छन् । "/>

प्रधानमन्त्रीको चीन भ्रमण ५ असार देखि

प्रधानमन्त्रीको चीन भ्रमण ५ असार देखि


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असार देखि चीनको पाँचदिने राजकीय भ्रमण गर्ने भएका छन् । गत २३–२५ चैतमा भारत भ्रमण गरेका ओलीको ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो विदेश भ्रमण हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी तीव्र पारेको छ । ‘परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबीच छलफल गर्ने, एजेन्डाहरू तय गर्ने तथा एजेन्डाको सर्ट लिस्टिङ गर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वैशाख पहिलो सातामा भएको बेइजिङ भ्रमणकै बेला प्रधानमन्त्रीको भ्रमणको विषय टुंगो लागेको थियो । मिति तय हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले नै संसदमा सम्बोधनका क्रममा केही दिन अघि एक महिना भित्र चीन भ्रमण हुने बताइसकेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अघि बढिरहेको बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पुराना सहमति र सम्झौता कार्यान्वयन प्राथमिकतामा पर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । उनले भने, ‘भ्रमणको विषय अहिले परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।’

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई पनि भ्रमणमा प्राथमिकता दिने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले चीनसँग रेलमार्गको विषयलाई जोड दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा केरुङ, काठमाडौं हुँदै लुम्बिनी सम्मको रेलमार्गका लागि प्रस्ताव गर्ने तयारी गरेका छन् ।
राजधानीबाट

Logo