इलाम

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ । पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन् । "/>

नेपाली तयारी चिया निर्यातमा भारतीय अवरोध

नेपाली तयारी चिया निर्यातमा भारतीय अवरोध


इलाम

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ । पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन् ।

भारत र तेस्रो मुलुक पठाइने तयारी चिया बोकेका गाडी सातायता भारतीय कस्टममै रोकिएपछि चिया नष्ट हुने खतरा बढेको उद्योगीले गुनासो गरे । इलाम र झापाका विभिन्न चिया प्रशोधन कारखानाको चिया कोलकाता र तेस्रो मुलुकसम्म पुर्याउन पानीट्यांकी पु¥याइएको थियो । ‘कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा नमुना परीक्षण गराएर मात्र चिया आयात गर्न दिने भारतीय कस्टमको अडानले चिया भरिएका ट्रक साता देखि रोकिएका छन्,’ सूर्योदय नगरपालिकाको सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भने, ‘ट्रकमा राखिएको चिया बिग्रिने डर त भयो नै, ट्रकलाई तिर्नु पर्ने ढुवानी खर्च पनि दिनैपिच्छे बढेको बढ्यै छ ।’

भारतीय कस्टमले अहिले नेपालबाट तयारी चिया लिएर त्यहाँ पुगेका प्रत्येक गाडीबाट आफैं नमुना लिएर कोलकातामा परीक्षण गराउन थालेको छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै ट्रक छिर्न दिने भारतको पछिल्लो कदमले नेपाली उद्यमीलाई सास्ती भएको उनले बताए । ‘यसअघि सम्म एकपटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो,’ उद्योगी चापागाईंले भने, ‘अहिले भन्सारमा पुगेका प्रत्येक ट्रकको चियाको नमुना पानीट्यांकीबाट कोलकाता पठाएर त्यसको रिपोर्ट आएपछि मात्र पठाउन पाइने झन्झटिलो प्रावधान भारतले ल्याएको छ ।’
नागरिकबाट

Logo