विराटनगर ,१५, मंशिर

उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सुनसरीमा सेनाले गस्ती बढाएको छ । "/>

सेनाले चुनाव लक्षित गस्ती बढायो

सेनाले चुनाव लक्षित गस्ती बढायो


विराटनगर ,१५, मंशिर

उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सुनसरीमा सेनाले गस्ती बढाएको छ । मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा अब सेनाले निगरानी बढाएको हो। सुनसरीका चारै निर्वाचन क्षेत्रका १६६ मतदानस्थल र ५२७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी बिहीबार देखि सेना सक्रिय भएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए।
निर्वाचन सुरक्षामा सेनाले गस्ती बढाएसँगै धरान, इटहरी, दुहबी, इनरुवा, हरिनगरा, कप्तानगन्ज, देवानगन्ज, बर्जु, महेन्द्रनगर लगायतका स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ। प्रजिअ पराजुलीका अनुसार अस्थायी गुल्मबाट सेनाले चौबिसै घन्टा मतदान केन्द्र, मतदाता र उम्मेदवारको सुरक्षा निगरानी बढाउनेछ। यता निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रु कक्षमा सेना खटिएका छन् । अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन् । विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जिल्ला स्तरीय सुरक्षा बैठक बसी विशिष्ट व्यक्ति समेत आउजाउ गर्ने स्थानमा सुरक्षा निगरानी बढाएको जानकारी दिए । प्रहरीको जनशक्ति निर्वाचनमा पनि खट्नु पर्ने हुँदा सेनालाई थप सुरक्षा हेर्ने गरी जिम्मेवारी दिइएको उनको भनाइ छ। ‘विमानस्थलका प्रहरी निर्वाचनका लागि बाहिरिएपछि सेनालाई मुख्य कमान्ड सम्हाल्ने जिम्मा दिइएको हो ।’, उनले भने।
अन्नपूर्णबाट

Skip This
Logo