‘कसले चोर्यो मेरो मन २’ बाट छविको कमब्याक

‘कसले चोर्यो मेरो मन २’ बाट छविको कमब्याक


निर्माता छविराज ओझाले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ ।

चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।  सविरका अनुसार, चलचित्रलाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्नेछैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउनेछन् ।

नयिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने तयारी गरेकी थिइन् । तर, यो चलचित्र निर्माण हुन सकेन । रेखा फिल्म्सबाट बनेको ‘कसले चोर्यो मेरो मन’ सर्वाधिक हिट भएको थियो ।

चलचित्रमा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, ‘कसले चोर्यो मेरो मन २’मा भने नयाँ कलाकार लिने तयारी छविको छ ।

Logo