नेपाल दोस्रो खेलमा एक विकेटले पराजित

नेपाल दोस्रो खेलमा एक विकेटले पराजित


युगाण्डाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत नेपाली महिला राष्ट्रिय टोली पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाली महिला टोली एक विकेटले पराजित भयो । पहिलो खेलमा पनि नेपाल १२ रनले पराजित भएको थियो । योसँगै ५ म्याचको सिरिजमा नेपाल २-० ले पछि परेको छ । 

नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य युगाण्डाले ९ विकेट गुमाएर १९.५ ओभरमा भेट्टायो । उसको जितमा रिता मुसामालीले सर्वाधिक ३० र फ्रेक्लिन लाजुम्बाले १९ रन बनाइन् । नेपालका लागि कविता कुँवर र सवनम राइले समान दुई दुई तथा सीता राना मगर र रुबिना क्षेत्रीले समान एकएक विकेट झारे । 

यसअघि कीर्तिपुरमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो । विन्दु रावल २६, सरिता २२ र क्याप्टेन रुविना क्षेत्रीले १७ रन बनाएका थिए । नेपालले १३ रन अतिरिक्त पाएको थियो । युगाण्डाका लागि जनित बाबाब्जीले २ विकेट लिइन् । 

सिरिजको तेस्रो खेल बिहीबार हुनेछ । 

Logo