साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह


काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन् । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिड्छ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरबारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ  फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महसुस हुन्छ । गाडीहरूको  स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ ।  सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दा पनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ ।

Logo