मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्नुपर्छ : खनाल

मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्नुपर्छ : खनाल


सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिए । आफ्नो पार्टीले मन्त्रीहरूलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाई थियो । नेता खनालले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसके–यसमा हाम्रो पार्टीको तर्फबाट गम्भिर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा (एकीकृत समाजवादी)ले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’

कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि नेता खनालले सरकारको ध्यानाकर्षण गराए । बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरू नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे ।

Logo