आजकाे प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

आजकाे प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने


संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ।

पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन्। आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। 

संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चारमन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिनेछन्। 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङ्फे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुलीकुमारी महतो, आशाकुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्तकुमार नेम्वाङ, पद्मा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बाँस्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज सिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे छ। 

Logo