आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?


नेपाली  बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख १२ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार ५ सय  रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ९ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य २५ रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय  ६५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

Logo