बुटवल ।

प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । "/>

शंकर पोखरेलले प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा सपथ लिए

शंकर पोखरेलले प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा सपथ लिए


बुटवल ।

प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उहाँले देश र नेपाली जनताका नाममा सपथ लिनुभएको हो । 

मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (एमाले)का वैजनाथ चौधरी(थारु) लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आज नियुक्त गर्नुभएको छ । 

प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उहाँहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

सपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको सहिद स्मारकमा र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो । रासस

Logo