काठमाडौँ, २ ,असोज
सरकारले पछिल्लो एक वर्षमा मात्रा ३ अर्ब रुपैयाँ भन्दा बढी मूल्यका चारपांग्रे सवारीसाधन खरिद गरेको छ । "/>

सरकारबाट कर्मचारीलाई सुविधाका लागि ३ अर्बका सवारीसाधन खरिद

सरकारबाट कर्मचारीलाई सुविधाका लागि ३ अर्बका सवारीसाधन खरिद


काठमाडौँ, २ ,असोज
सरकारले पछिल्लो एक वर्षमा मात्रा ३ अर्ब रुपैयाँ भन्दा बढी मूल्यका चारपांग्रे सवारीसाधन खरिद गरेको छ । निजी सवारीसाधनमा अधिक कर्जा प्रवाह भइ तरलता अभाव भएको भन्दै सवारी कर्जामा कडाइ गरेको सरकार आफैंले भने अर्बौंको सवारी खरिद गरेको पाइएको छ । बागमती अञ्चलमा मारुती सुजुकीको अल्टो देखि मार्सिडिज बेञ्ज सम्म सरकारी सवारी खरिद गरिएको देखिन्छ । सरकारले आव २०७३,७४ मा बागमती अञ्चलमा मात्र ८ सय ७९ वटा चारपांग्रे सवारी साधन खरिद गरेको तथ्यांक छ । यी सवारीसाधनको औषत मूल्य ३५ लाख राख्ने हो भने सरकारले यो अञ्चलका लागि करिब ३ अर्ब रूपैयाँभन्दा बढीको सवारी खरिद गरेको देखिन्छ । सरकारी प्रयोजनका लागि कस्तो र कति मूल्य सम्मको सवारीसाधन खरिद गर्ने भन्ने निश्चित मापदण्ड नहुँदा सरकारले १६ लाख रुपैयाँ पर्ने मारुती अल्टो देखि सवा २ करोड रुपैयाँ सम्मका मर्सिडिज बेञ्ज खरिद गर्दै आएको छ ।
कारोबारबाट

Logo