अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिको पोल्टामा

अन्तर स्कुल बास्केटबलको उपाधि ज्ञान निकेतन र निरुपतिको पोल्टामा


छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ ।

भक्तपुरमा बुधबार सम्पन्न  प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै जितेको छ । त्यस्तै गर्ल्सतर्फको उपाधि भने निरुपति इंगलिश बोर्डिग हाइस्कुल काठमाडौंले जितेको छ । एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताको दोश्रो स्थानमा सिनियर व्याइजतर्फ सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, जुनियर व्याइजतर्फ युनिक स्कुल काठमाडौं र गल्र्सतर्फ इनोभेटिभ स्कुल दोश्रो भए । 

विजयी स्कुल तथा टिमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् ।जोशीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई  विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताइन् । उनले नगरपालिकाले चारवटा विधामा तालिम सञ्चालन गरिरहेको जानकारी दिइन् । 

आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेललाई प्रतियोगितामा मात्रै सीमित नराखि सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । 

Logo